चार मन्त्रीले पुनः शपथ लिए

चार मन्त्रीले पुनः शपथ लिए

२०७७, चैत्र २८ शनिवार

  • 1.6K
    SHARES

  • चार मन्त्रीले पुनः शपथ लिए

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रवार साँझ नवनियुक्त चार मन्त्रीले पुनः पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    नवनियुक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका हुन् ।  

    उनीहरु यसअघि तिनै मन्त्रालयको जिम्मेवारीमा थिए ।  समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

    उनीहरु चार जना नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकामा पार्टी एकता र त्यसपछि कायम नेकपा (एमाले) को केन्द्रीय सदस्यमा आवद्ध भएकाले माओवादी केन्द्रको सूचनाका आधारमा बिहीबार प्रतिनिधिसभा सदस्य रिक्त भएको घोषणा गरिएको थियो । सांसद नरहेपछि मन्त्रीमा कायम रहन नमिल्ने भएकाले उनीहरुलाई पुनः नियुक्त गरिएको हो ।

    सांसद नभए पनि छ महिनासम्म मन्त्रीमा नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ ।

    २०७७, चैत्र २८ शनिवार०६:२२:०६
    प्रतिक्रिया
    सम्बन्धित समाचार