पत्रकार महासङ्घ वाग्मती प्रदेश अध्यक्षमा देवकोटा

पत्रकार महासङ्घ वाग्मती प्रदेश अध्यक्षमा देवकोटा

२०७७, चैत्र २८ शनिवार

  • 973
    SHARES

  • पत्रकार महासङ्घ वाग्मती प्रदेश अध्यक्षमा देवकोटा

    हेटौँडा । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको अध्यक्षमा नुवाकोटका शिव देवकोटा निर्वाचित भएका छन् । निर्वाचनमा देवकोटाले ५४१, चितवनका हरिप्रसाद पोखरेलले ४२१, मकवानपुरका गिरिजाप्रसाद अधिकारीले २६१ मत प्राप्त गरेका थिए । 

    त्यसैगरी उपाध्यक्षमा मकवानपुरका रुपेश दुलाल र महिला उपाध्यक्षतर्फ पनि सोही जिल्लाकी नानीमैया (सम्झना) कार्की निर्वाचित भएकी छन् । महासचिवमा मकवानपुरका कृष्णसारु मगर, सचिवमा सिन्धुपाल्चोकका युवराज पुरी, सचिवमा समावेशीतर्फ दोलखाका जीवन लामा र सिन्धुलीका राजन विक तथा कोषाध्यक्षमा रामेछापका रमेश ढुङ्गेल विजयी भएका छन् ।

    खुल्ला सदस्यमा जीवन कुँवर, रामहरि गजुरेल, श्यामप्रसाद खतिवडा, सन्तोष भुजेल र सुदिप शिवाकोटी तथा महिला सदस्यतर्फ अन्जु तामाङ, सम्झना हुँमागाईँ, ज्ञानु श्रेष्ठ र दलित सदस्यतर्फ केशव नेपाली निर्वाचित भएका छन् । 

    सदस्यमा आदिवासी जनजातितर्फ काजी श्रेष्ठ र पेमा लामा तथा सदस्य मधेशीतर्फ पवित्रा ढकाल भगत र प्रवीणकुमार दत्त एवं अल्पसङ्ख्यक सदस्यतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । 

    २०७७, चैत्र २८ शनिवार०६:२६:१७
    प्रतिक्रिया
    सम्बन्धित समाचार