कोरोनाबाट दुईको मृत्यु

कोरोनाबाट दुईको मृत्यु

२०७७, चैत्र ३० सोमवार

  • 881
    SHARES

  • कोरोनाबाट दुईको मृत्यु

    दमौली । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ ।

    तनहुँ र कास्कीका एक/एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

    कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

    २०७७, चैत्र ३० सोमवार०५:११:३८
    प्रतिक्रिया
    सम्बन्धित समाचार