आज नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले द्वन्द्वपीडितलाई सम्मान गर्दै

आज नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले द्वन्द्वपीडितलाई सम्मान गर्दै

२०७८, बैशाख १ बुधवार

  • 2.0K
    SHARES

  • आज नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले द्वन्द्वपीडितलाई सम्मान गर्दै

    काठमाडौँ । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

    तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री ओलीले वैशाख १ गते बिहान प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने र दिउँसो उक्त सम्मान कार्यक्रम हुने जानकारी दिए ।

    २०७८, बैशाख १ बुधवार०६:४९:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार