जनता सचेत भए लकडाउन हुँदैन - प्रम ओली 

जनता सचेत भए लकडाउन हुँदैन - प्रम ओली 

२०७८, बैशाख १ बुधवार

  • 2.1K
    SHARES

  • जनता सचेत भए लकडाउन हुँदैन - प्रम ओली 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् । 

    प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे ।

    उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

    प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे । 

    सुरक्षाका मापदण्ड पुरा गरेर जनता आफ्ना काममा गए लकडाउन गर्न नपर्ने अवस्था आउनेमा पनि उनको विश्वास थियो । 

    २०७८, बैशाख १ बुधवार०१:४९:०५
    प्रतिक्रिया
    सम्बन्धित समाचार