गण्डकी । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्ष–२०७८ का अवसरमा प्रदेश प्रमुखको कार्यालयद्वारा पोखरास्थित सरकारी निवासमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले राष्ट्रियता र जनताको भावना सबैले बुझ्नुपर्ने बताए ।
कोरोनाको प्रभावका कारण देश जटिल परिस्थितिबाट गुज्रिएको बताउँदै उनले नयाँ वर्षले सबैमा सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश सभा सदस्य, उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।