कोभिड–१९ सङ्क्रमणले विद्यालय बन्द

कोभिड–१९ सङ्क्रमणले विद्यालय बन्द

२०७८, बैशाख ३ शुक्रवार

  • 969
    SHARES

  • कोभिड–१९ सङ्क्रमणले विद्यालय बन्द

    चौतारा । शिक्षकलाई कोरोना भाइरस सङक्रमण भएपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानु सिरुवारीस्थित सिद्धिगणेश मावि आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

    विद्यालयका प्रधानाध्यापकलाई मङ्गलबारदेखि कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय व्यवस्थापन समितिको बैठकले अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सहायक प्रधानाध्यापक तिलकबहादुर दङ्गालले जानकारी दिए ।

    उनको सम्पर्कमा आएका शिक्षक, विद्यार्थी तथा स्वास्थ्यकर्मीसहित २२ जनाको आज जिल्ला स्वास्थ कार्यालयबाट आएका स्वास्थ्यकर्मीले विद्यालयबाटै स्वाब सङ्कलन गरी लगेको छ ।

    त्यसको रिपोर्ट आइतबारसम्म आइपुग्ने बताइएको छ । सङ्क्रमित शिक्षक अहिले काठमाडौँमा होमक्वारेन्टिनमा रहेको शिक्षक ताराबहादुर श्रेष्ठले बताए ।

    २०७८, बैशाख ३ शुक्रवार०६:३५:१४
    प्रतिक्रिया
    सम्बन्धित समाचार