इच्छाकामनाले बिरामीलाई निःशुल्क रगत उपलव्ध गराउने

इच्छाकामनाले बिरामीलाई निःशुल्क रगत उपलव्ध गराउने

२०७८, बैशाख ४ शनिवार

  • 1.7K
    SHARES

  • इच्छाकामनाले बिरामीलाई निःशुल्क रगत उपलव्ध गराउने

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

    इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो  । 

    सोसम्बन्धी दुवै संस्थाबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । उनका अनुसार अबदेखि इच्छाकामनाका नागरिकले  रगतका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

    सम्झौताअनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि भने बुझाउनुपर्नेछ ।

    यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउने छन् ।

    सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ । योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् । 

    गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पुर्याएको अध्यक्ष गुरुङले बताइन् । हाल पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको उनले बताइन् ।   

    २०७८, बैशाख ४ शनिवार०७:०३:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार