प्रधानमन्त्रीको आव्हानमा सर्वदलिय बैठक बस्दै 

प्रधानमन्त्रीको आव्हानमा सर्वदलिय बैठक बस्दै 

२०७८, बैशाख ४ शनिवार

  • 885
    SHARES

  • प्रधानमन्त्रीको आव्हानमा सर्वदलिय बैठक बस्दै 

    वैशाख ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक विहान ११ बजे बस्न लागेको हो ।

    कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    सर्वदलिय बैठक बस्न तय गर्नु अघि हिजो प्रधानमन्त्री ओलीले प्रचण्डसँग टेलिफोन वार्तालाप गरेका थिए । 

    संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

    कोरोना महामारी बढ्दै जाँदा जनजिवन त्रसित बन्दै गएको छ भने लकडाउन नै गरेर नियन्त्रण गर्दा समग्र आर्थिक गतिविधि बिथोलिने चिन्तामा सरकार रहेको अनुमान गरएको छ ।

    कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ । शुक्रवार मात्रै ९०० जनामा संक्रमण देखिएको थियो जुन अहिले सम्मकै उच्च हो । 

    २०७८, बैशाख ४ शनिवार०७:५३:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार