तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

२०७८, बैशाख ५ आइतवार

  • 909
    SHARES

  • तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

    गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् ।

    नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताए । 

    पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको उल्लेख गरे । मन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाए ।

    कोरोना महामारीमा सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग नगरेका कारण धेरै समस्या भएको उनले गुनासो पोखे । 

    भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधिको व्यवस्थापनमा सङ्घीय सरकारबाट असहयोग भएको उनको आरोप थियो ।  

    २०७८, बैशाख ५ आइतवार०४:१८:५६
    प्रतिक्रिया
    सम्बन्धित समाचार