वैशाख मसान्त सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

वैशाख मसान्त सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

२०७८, बैशाख ६ सोमवार

  • 1.5K
    SHARES

  • वैशाख मसान्त सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

    सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही पहिले नै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रिपरिषदले निर्णय नगरेपछि मन्त्रालयले काठमाडौं उपत्यकासहित १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राख्दै बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको थियो ।

    यो निर्णयले अन्तिम परीक्षाको तयारीमा रहेका विद्यालयले अनलाइनबाटै परीक्षा संचालन गर्नु पर्ने भएको छ । 

    मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्यालयका साथै सिनेमा हल, पार्टी प्यालेस, रंगशाला लगायतका भीडभाड हुने क्षेत्र पनि बन्द गर्ने निर्णय गरेको छ ।

    २०७८, बैशाख ६ सोमवार१२:०३:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार