मिस तामाङ वल्र्ड प्रतियोगिता हुने

मिस तामाङ वल्र्ड प्रतियोगिता हुने

२०७८, बैशाख ७ मंगलवार

  • 1.8K
    SHARES

  • मिस तामाङ वल्र्ड प्रतियोगिता हुने

    काठमाडौँ । मिस तामाङ वल्र्ड प्रतियोगिता हुने भएको छ । साधना कला केन्द्रले आयोजनामा जेठ १२ (बुद्ध जयन्तीका अवसर) मा लुम्बिनी प्रतियोगिता हुने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।

    उनले तामाङ जातिको धर्म, कला, संस्कृति, भाषा, वेशभूषा, बाजा, रीतिरिवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

    उनले विगतमा मिस तामाङ प्रतियोगिता हुँदै आएको यसपटकदेखि संसारभरिका तामाङ युवतीको प्रतिनिधित्व गराउनका लागि मिस तामाङ वल्र्ड गर्न थालिएको बताए ।

    मिस तामाङ वल्र्ड विजेतालाई विश्वभरिकै मिस तामाङ सुन्दरी मानिनेछ । प्रतियोगितामा सहभागीका लागि तामाङ जातिको १६ देखि २८ वर्ष उमेर समूह, कम्तीमा दश जोड उत्तीर्ण, पाँच फिट उचाइ हुनुपर्ने उल्लेख छ ।

    प्रतियोगिताका लागि यही वैशाख १५ गतेसम्म अनलाइन फाराम आवेदन माग गरिएको छ । सन् २००६ देखि मिस तामाङ प्रतियोगिता हुँदै आइरहेको छ । सन् २००६ मा मिस तामाङ भएकी जेनिशा मोक्तान सन् २००९ की मिस नेपाल भएकी थिइन् । 

    २०७८, बैशाख ७ मंगलवार०६:२२:०३
    प्रतिक्रिया
    सम्बन्धित समाचार