बोलेरोको ठक्करबाट पैदलयात्री ओलीको मृत्यु

बोलेरोको ठक्करबाट पैदलयात्री ओलीको मृत्यु

२०७८, बैशाख ८ बुधवार

  • 1.1K
    SHARES

  • बोलेरोको ठक्करबाट पैदलयात्री ओलीको मृत्यु

    चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–३ झुरझुरेकी ७२ वर्षीया मेनुका ओली रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।

    पूर्व–पश्चिम लोकमार्गमा लोथरबाट खैरहनीतर्फ आउँदै गरेको बा३च २१८७ नंको बोलेरोले राप्ती नगरपालिका–३ झुरझुरेमा पैदलयात्री ओलीलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट घाइते ओलीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बोलेरोले ओलीलाई मङ्गलबार साँझ ६ः३० बजे ठक्कर दिएको थियो । ठक्करबाट घाइतेको राति १२ः३५ बजे मृत्यु भएको हो ।

    ओलीलाई ठक्कर दिने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।- रासस । 

    २०७८, बैशाख ८ बुधवार०७:५०:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार