न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

२०७८, बैशाख ८ बुधवार

  • 905
    SHARES

  • न्यायाधीश चुुँडाल र सुवेदीबाट शपथ

    काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उनीहरु दुवैलाई शपथ गराएका हुन् ।

    शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषद्का सदस्य र  सर्वोच्च अदालतका न्यायाधीश सहभागी भएका थिए।

    राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरु दुवैलाई सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गरेकी थिइन् । 

    २०७८, बैशाख ८ बुधवार०१:३४:३६
    प्रतिक्रिया
    सम्बन्धित समाचार