वैशाख १०, काठमाडौं ।
कोरोनाभाइरस महामारी फैलँदै गएपछि हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य गतिविधि बन्द गरिने भएको छ।
उक्त व्यवस्था शुक्रवारदेखि लागु हुने पशुपति क्षेत्र विकास कोषले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
त्यसै गरि पशुपति क्षेत्रमै रहेको गुह्येश्वरी मन्दिरमा पनि शुक्रवारदेखि नै नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाइएको उक्त विज्ञप्तिमा उल्लेख छ।
कोषका सदस्य सचिव डा। प्रदीप ढकालले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेकाले नेपाल सरकारले जारी गरेको पछिल्लो आदेश अनुसार मन्दिरमा नित्य पूजाबाहेकका कार्य रोक्ने निर्णय गरिएको जानकारी दिए।
प्रत्येक ४ दिनमा दोव्वर संख्यामा कोरोना बढिरहेको छ । विगत २४ घण्टामा थप २,४२८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
काठमाण्डौं उपत्यकाभित्र मात्र भक्तपुरमा ८१, ललितपुरमा १०६ र काठमाण्डौैंमा ९८७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।