प्रधानमन्त्रीद्धारा पुनर्निर्मित धरहराको उदघाटन

प्रधानमन्त्रीद्धारा पुनर्निर्मित धरहराको उदघाटन

२०७८, बैशाख ११ शनिवार

  • 4.6K
    SHARES

  • प्रधानमन्त्रीद्धारा पुनर्निर्मित धरहराको उदघाटन

    वैशाख ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् ।

    धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सपत्नि सहित धरहराको उदघाटन गरेका हुन् ।

    धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी २० औं तलामा रहेको बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्दै पुष्पवृष्टिसमेत गरे ।

    २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले नैँ २०७५ पुस १२ गते गरेका थिए ।

    बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइनसकेकाले गर्दा अहिले नैँ धरहरा अवलोकन गर्न जान पाइँदैन ।

    २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणले जनाएको छ । 

    २०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो ।

    धरहरा पुर्निर्माणमा ३ करोड ४८ लाख लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    २०७८, बैशाख ११ शनिवार१२:१४:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार