छोरी प्रेरणा सहित पूर्वराजारानी अस्पताल भर्ना

छोरी प्रेरणा सहित पूर्वराजारानी अस्पताल भर्ना

२०७८, बैशाख ११ शनिवार

  • 1.5K
    SHARES

  • छोरी प्रेरणा सहित पूर्वराजारानी अस्पताल भर्ना

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।   

    छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

    उनका अनुसार कोभिड–१९ को उपचारका लागि उहाँहरु भर्ना हुनुभएको हो । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

    कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । 

    २०७८, बैशाख ११ शनिवार०६:२०:३०
    प्रतिक्रिया
    सम्बन्धित समाचार