सङ्क्रमितले अस्पतालका शय्या भरिन थालेसँगै सरकार लकडाउन गर्ने मनस्थितिमा 

सङ्क्रमितले अस्पतालका शय्या भरिन थालेसँगै सरकार लकडाउन गर्ने मनस्थितिमा 

२०७८, बैशाख ११ शनिवार

  • 1.2K
    SHARES

  • सङ्क्रमितले अस्पतालका शय्या भरिन थालेसँगै सरकार लकडाउन गर्ने मनस्थितिमा 

    काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका शय्या भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शय्या भरिन थालेका हुन् ।

    यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख ११ गते करीब तीनगुणा दुई हजार ४८६ जना पुगेको छ । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

    दुई हप्ता भन्दा अघि देखि नै निरन्तर रुपमा स्वास्थ्य मन्त्रालयले सचेत गराउँदा पनि जनताबाट सामाजिक दुरी कायम, मास्क र स्यानिटाईजरको उचित प्रयोग नभएकामा सरकार चिन्तित बनेको स्वास्थ्य मन्त्री हुदयेश त्रिपाठीको भनाई छ ।

    एक महिना सम्म लकडाउन गरेर भए पनि रोग नियन्त्रण नगरे ठूलै समस्या आउन सक्ने चिन्तामा सरकार रहेको बुभिएको छ ।

    आपतकालिन अवस्था आउन नदिन यस विषयमा आज साँझ सम्म सिसिएमसिको बैठक बसेर गम्भिर निर्णय आउन सक्ने श्रोतले बतायो । 

    २०७८, बैशाख ११ शनिवार०६:४७:५८
    प्रतिक्रिया
    सम्बन्धित समाचार