खैरेको हत्यारालाई कारवाही माग

खैरेको हत्यारालाई कारवाही माग

२०७८, बैशाख १३ सोमवार

  • 1.1K
    SHARES

  • खैरेको हत्यारालाई कारवाही माग

    काठमाडौँ । खैरेलाई हिर्काएर मारेका विरोधमा  दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ । धुलिखेल नगरपालिका–४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरे नामको कुकुरलाई मारेका थिए । 

    रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले  पत्रकार सम्मेलनमा जानकारी दिइन् । बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर  हत्या गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

    अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै कुकुरको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिइन् ।  नेपालमा पशुपन्छी संरक्षण ऐनानुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र रु पाँच हजार जरिवाना हुनेछ ।

    २०७८, बैशाख १३ सोमवार१२:४४:२०
    प्रतिक्रिया
    सम्बन्धित समाचार