कोरोना हटस्पट बन्दै गएको बाँकेमा मात्र आठको मृत्यु

कोरोना हटस्पट बन्दै गएको बाँकेमा मात्र आठको मृत्यु

२०७८, बैशाख १५ बुधवार

  • 1.8K
    SHARES

  • कोरोना हटस्पट बन्दै गएको बाँकेमा मात्र आठको मृत्यु

    राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा मंगलवार मात्रै आठ जनाको मृत्यु भएको छ । 

    यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

    उनका अनुसार, मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२ का ४५ वर्षीया महिला, २६ वर्षीय युवा, ५१ वर्षीय पुरुष र ७२ वर्षीय महिला रहेका छन् ।

    त्यस्तै बाँके खजुरा गाउँपालिकाका दुई तथा कोहलपुर, बैजनाथ र दाङका एक÷एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।  

    योसँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ । तीमध्ये बाँकेका मात्र ९७ जना रहेका छन् । यहाँ देखिएका अधिकांस मृतकहरु भरखरै भारतबाट नेपाल भित्रिएका हुन् । 

    २०७८, बैशाख १५ बुधवार०६:४७:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार