पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन वुधवार आफ्नो पार्टीका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उनको अवस्था सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट माग गरिएको थियो ।
पार्टीका सचेतक पियारी थापाले वुधवार दिउँसो प्रदेशसभा सचिवालयमा सो व्यहोरा उल्लेख गर्दै उनको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारवाही सञ्चालन नगर्न माग गरेकी थिइन् ।
प्रदेशसभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै थापाले निवेदन दिएको अवस्थामा निवेदनमाथि सम्बोधन नगरी बैठक सञ्चालन गर्न उपयुक्त नभएकाले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराएका छन् ।