कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

२०७८, बैशाख १७ शुक्रवार

  • 1.9K
    SHARES

  • कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहको निधन

    पर्सा । कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहको आज बिहान निधन भएको छ । पाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या जस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज –९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

    बढ्दो सङ्क्रमणका कारण घरमै उपचार गराइरहनुभएका कुशवाहलाई कोरोनाको लक्षण देखिए पनि पिसिआर टेष्ट नभएको परिवारिक स्रोतले जनाएको छ ।

    कुशवाहको शव अन्तिम संस्कारका लागि कालिकामाई –२ भेडिहारीस्थित निवासमा बिहानै लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए । 

    चार दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह सङ्घीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

    तीन छोरा र पाँच छोरीका पिता कुशवाह अत्यन्त मिलनसार तथा मृदभाषी हुनाका साथै जनताप्रति समर्पित रहेका गाउँबासी बताउँछन् ।

    २०७८, बैशाख १७ शुक्रवार११:३६:२७
    प्रतिक्रिया
    सम्बन्धित समाचार