सैनामैना कोभिड अस्पतालमा एक संक्रमितले गरे आत्महत्या

सैनामैना कोभिड अस्पतालमा एक संक्रमितले गरे आत्महत्या

२०७८, बैशाख १८ शनिवार

  • 1.8K
    SHARES

  • सैनामैना कोभिड अस्पतालमा एक संक्रमितले गरे आत्महत्या

    बुटवल । रुपन्देही सैनामैनाका एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा रानिबगियाका ४० वर्षीय पुरुषले आज बिहान शौचालयमा आत्महत्या गरेका हुन् । 

    उनले विहान ४ बजे झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनी वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य थियो । 

    उक्त अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितले उपचार गराइरहेका छन् । 

    २०७८, बैशाख १८ शनिवार१२:४९:५०
    प्रतिक्रिया
    सम्बन्धित समाचार