लुम्बिनी प्रदेश संसदीय दलको निर्णय, पोखरेलको नेतृत्वमा नयाँ एकल सरकार

लुम्बिनी प्रदेश संसदीय दलको निर्णय, पोखरेलको नेतृत्वमा नयाँ एकल सरकार

२०७८, बैशाख १९ आइतवार

  • 1.2K
    SHARES

  • लुम्बिनी प्रदेश संसदीय दलको निर्णय, पोखरेलको नेतृत्वमा नयाँ एकल सरकार

    बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

    आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो।

    संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल पक्षधर भनेर चिनिएका सांसदहरु विष्णु पन्थी र रमा धर्ती मगरको साथ पनि पोखरेललाई रहेको बताइएको छ । उनीहरु दलको बैठकमा समेत सहभागि थिए । 

    एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका पोखरेल अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने तयारीमा छन् । 

    २०७८, बैशाख १९ आइतवार१२:१५:२८
    प्रतिक्रिया
    सम्बन्धित समाचार