रामेछाप । संविधान सभासद तथा रामेछाप जिल्लाका पुर्व जिविस सभापति शिव बहादुर खँड्काको निधन भएको छ । नेपाली कांग्रसेका केन्द्रीय सदस्य समेत रहेका खँडका लामो समय देखि उच्च रक्तचापका बिरामी थिए ।
रामेछाप सुनापति गाउँपालिका- ४ बेथान निवासी नेता खँड्का आज बिहान आफ्नैं निवास भक्तपुरमा लडेर बेहोस भएपछि नागरिक अस्पताल गट्ठाघरमा उपचारका क्रममा निधन भएको हो ।
उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिने तयारी भईरहेको कांग्रेस कार्यकर्ता दुर्लव अधिकारीले बताए ।
नेपाल विद्यार्थी संघको संस्थापक सदस्य एवं रामेछाप कांग्रेस पार्टी सभापति समेत भएका खँड्का जिल्लामा अभिभावकीय भूमिकामा रहेका थिए । ७८ वर्षीय खँड्काका दुई श्रीमती र १ छोरी छन् ।