लुम्बिनी प्रदेश मन्त्रीपरिषद विस्तार, अब १० सदस्यीय मन्त्रीमण्डल

लुम्बिनी प्रदेश मन्त्रीपरिषद विस्तार, अब १० सदस्यीय मन्त्रीमण्डल

२०७८, बैशाख २२ बुधवार

  • 3.0K
    SHARES

  • लुम्बिनी प्रदेश मन्त्रीपरिषद विस्तार, अब १० सदस्यीय मन्त्रीमण्डल

    बुटवल । लुम्बिनी प्रदेशको मन्त्रीमण्डल १० सदस्यीय भएको छ । जसमा ९ मन्त्री र १ राज्यमन्त्री रहेका छन् । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपे सँगै प्रदेशको मन्त्रीमण्डल १० सदस्यीय भएको हो । 

    थप गरिएका मन्त्रीमा चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून, भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या र धर्मलाल श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनीहरुको सपथ भने आज बुधबार हुनेछ ।

    त्यसैगरि हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण, बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जिम्मेवारी दिइएको छ । 

    lumbini mantrimandal.jpg

    २०७८, बैशाख २२ बुधवार०८:२५:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार