बहुप्रतिभाशाली गायक प्रेमध्वज प्रधानको निधन

बहुप्रतिभाशाली गायक प्रेमध्वज प्रधानको निधन

२०७८, बैशाख २३ बिहिवार

  • 2.1K
    SHARES

  • बहुप्रतिभाशाली गायक प्रेमध्वज प्रधानको निधन

    काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८५ वर्षको उमेरमा आज निधन भएको छ । छातीमा समस्या देखिएपछि काठमाडौंस्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको दिउँसो साढे १ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    “अचानक मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उहाँको आज दिउँसो साढे १ बजे निधन भएको छ,” पारिवारिक स्रोतले भन्यो । 

    उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।  

    वरिष्ठ गायक प्रधानका थुप्रै गीत लोकप्रिय छन् । ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘पर लैजाउ फूलहरु’लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् । 

    २०७८, बैशाख २३ बिहिवार०४:२२:५७
    प्रतिक्रिया
    सम्बन्धित समाचार