ताप्लेजुङले तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि माग्यो सहयोग 

ताप्लेजुङले तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि माग्यो सहयोग 

२०७८, बैशाख २५ शनिवार

  • 1.8K
    SHARES

  • ताप्लेजुङले तिब्बत सरकारसँग कोभिड नियन्त्रणका लागि माग्यो सहयोग 

    फुङ्लिङ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग आज सहयोग माग गरेको छ । तीव्र रुपमा कोभिड–१९ फैलँदै गएपछि नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग माग गरिएको हो । 

    ताप्लेजुङले डिङ्जे काउन्टी तिब्बत सरकारसँग डिस्पोजेबल मेडिकल मास्क २९ हजार थान, एन्टिना टेस्ट किट पाँच हजार थान, एन–९५ मास्क एक हजार थान, पिपीई सेट दुई हजार थान, थर्मल गन २०० थान, अक्सिजन सिलिन्डर १०० लगायत ११ प्रकारका अतिआवश्यक स्वास्थ्य सामग्री सहयोग माग गरिएको मागपत्रमा उल्लेख गरिएको छ । 

    दैनिक रुपमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि अतिआवश्यक स्वास्थ्य सामग्री तिब्बत सरकारसँग सहयोग माग गरिएको जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताए ।

    फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता तथा तिब्बत जानकार छेतेन लामामार्फत मागपत्र पठाइएको प्रमुख मादेनले बताए । डिङ्जे काउन्टी तिब्बत सरकारले ताप्लेजुङमा विभिन्न विपत्का समयमा सहयोग गर्दै आएको छ ।

    २०७८, बैशाख २५ शनिवार१२:१३:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार