निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता

निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता

२०७८, बैशाख २६ आइतवार

  • 1.4K
    SHARES

  • निफः चलचित्रमा अस्वस्थ प्रतिस्पर्धा भएकामा चिन्ता

    काठमाडौँ । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिनमा आज चलचित्र निर्माता एवं निर्देशक प्रताप सुव्बाले चलचित्र क्षेत्रका अनुभव सुनाएका छन् । 

    परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गर्नुभएका सुब्बाले त्यस समयको चलचित्र जगत्को दुःख सुनाए । 

    आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उनले बताए ।

    चलचित्र जगत्बाट पैसा कमाउनुभन्दा पनि विकास र विस्तार गर्ने नै मुख्य उद्देश्य रहेको बताए । पहिले चलचित्रबीच स्वस्थ प्रतिस्पर्धा भएको र राम्रा चलचित्र निर्माण  गरिए पनि अचेल अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको बताए ।

    त्यस बेला नेपाली समाजका मौलिक चलचित्र निर्माण हुने गरेकामा आजकाल विकृति आएकामा उनले चिन्ता व्यक्त गरे । 

    २०७८, बैशाख २६ आइतवार०७:०५:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार