वुटवल । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोख्रेलका विरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लव कुमार पुनले दिएको जानकारी अनुसार आज दिउसो ११:३० बजे ४० जना सांसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
‘प्रदेश सभाका ४० जना माननीयहरुको हस्ताक्षर सहित दिउसो ११:३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको छ’ सचिव पुनले भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका सांसदहरुले अविस्वासको पक्षमा हस्ताक्षर गरेका छन् ।