पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
भोलि वैशाख २७ गते अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन नै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री गुरुङ विरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत समेत गरेको बताइएको छ ।