कोरोनाका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

कोरोनाका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

२०७८, बैशाख २८ मंगलवार

  • 1.3K
    SHARES

  • कोरोनाका कारण एमाले नेता पशुपति चौलागाईंको निधन

    काठमाडौं । कोरोनाका कारण नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

    दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    २०७८, बैशाख २८ मंगलवार१०:३७:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार