कर्णालीमा दुई मन्त्रीको राजिनामा पश्चात तीन मन्त्री नियुक्त

कर्णालीमा दुई मन्त्रीको राजिनामा पश्चात तीन मन्त्री नियुक्त

२०७८, बैशाख ३० बिहिवार

  • 1.4K
    SHARES

  • कर्णालीमा दुई मन्त्रीको राजिनामा पश्चात तीन मन्त्री नियुक्त

    कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीको राजीनामा स्वीकृत गरेसँगै उनले नयाँ मन्त्री नियुक्त गरेका हुन् । 

    नवनियुक्त मन्त्रीमा सुर्खेत निर्वाचन २ (ख) बाट प्रदेशसभामा निर्वाचित विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम(पश्चिम) (क) बाट निर्वाचित प्रदेशसभा सदस्य गोपाल शर्मा रहेका छन् ।

    विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद, नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र शर्मालाई आर्थिक मामिलामन्त्रीको जिम्मेवारी दिइएको छ  ।

    मुख्यमन्त्री शाहीसहित अब कर्णालीमा आठ मन्त्री रहनेछन् । नवनियुक्त मन्त्रीलाई बिहीबार ११ः०० बजे पद तथा गोपनीयताको शपथ गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रवविक्रम बुढाथोकीले जानकारी दिए । 

    २०७८, बैशाख ३० बिहिवार०७:२१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार