कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

२०७८, बैशाख ३० बिहिवार

  • 1.4K
    SHARES

  • कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

    जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।

    उनका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

    मृतक श्रेष्ठको पशुपति आर्र्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो  ।

    २०७८, बैशाख ३० बिहिवार१२:०८:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार