कोरोनाका कारण समाजसेवी भट्टराईको निधन 

कोरोनाका कारण समाजसेवी भट्टराईको निधन 

२०७८, बैशाख ३१ शुक्रवार

  • 2.7K
    SHARES

  • कोरोनाका कारण समाजसेवी भट्टराईको निधन 

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण समाजसेवी रंगनाथ भट्टराईको निधन भएको छ । 

    ताप्लेजुंग सरोकार केन्द्रका उपाध्यक्ष समेत रहेका उनको आज बिहान ६ः३० बजे प्रहरी अस्पताल, पानीपोखरीमा निधन भएको हो ।

    उनमा चार दिन अघि कडा निमोनिया देखिएको थियो । आईसियु चाहिने बिरामीलाई तत्कालै आइसियु उपलव्ध हुन नसकेका कारण उनले अकालमै जिवन गुमाउनु परेको हो । 

    "राज्यमा स्वास्थ्य सेवा कति कमजोर रहेछ भन्ने चरितार्थ उनको निधनले बताएको छ", उनका सहकर्मीहरुले आक्रोशका साथ भनेका छन् ।

    उनका परिवारमा ८७ वर्षीय आमा, श्रीमती, ३ छोरी र १ छोरा रहेका छन् । 

    २०७८, बैशाख ३१ शुक्रवार०८:५९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार