काठमाडौं । कोरोना संक्रमणका कारण शिक्षाकर्मी निर्देश कोईरालाको निधन भएको छ ।
काठमाडौं बानेश्वरमा अवस्थित एभरेष्ट फ्लोरिडा कलेजका संचालक समिति सदस्य तथा प्रशासक कोइरालाको आज बिहान नेपाल मेडिकल कलेज जोरपाटीमा निधन भएको क्याम्पस प्रमुख भानुहरी भण्डारीले बताए ।
उनमा २७ दिन अघि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि आईसियु र भेन्टीलेटरमा राख्दा पनि उनलाई बचाउन नसकिएको भण्डारीले बताएका छन् ।
उनका परिवारमा श्रीमती र दुई छोरी छन् ।