मृगौलापिडित एमाले नेता योग नारायण यादवको निधन

मृगौलापिडित एमाले नेता योग नारायण यादवको निधन

२०७८, जेठ ६ बिहिवार

  • 1.1K
    SHARES

  • मृगौलापिडित एमाले नेता योग नारायण यादवको निधन

    ललितपुर । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ ।

    धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले बतायो ।

    स्रोतका अनुसार दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए । तर कोरोनाका कारण उनको निधन भएको अनुमान गरिएको छ । 

    यादव २०५६ सालको आमनिर्वाचनमा सिराहाबाट निर्वाचित भएका थिए ।

    एमाले नेता विष्णु रिजालले यादवको कोरोना संक्रमणबाट निधन भएको सामाजिक सन्जालमा लेखेका छन् ।

    २०७८, जेठ ६ बिहिवार०९:२२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार