काठमाडौं । कोरोनाका कारण त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखा प्रमुख शम्भु भट्टराईको निधन भएको छ ।
उनको आज बिहानको राती २:३० बजे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा निधन भएको हो ।
उनमा वैशाखको पहिलो हप्ता नै कोरोना संक्रमण भएको थियो । त्यसयता घरेलु उपचारले मात्र काम नगरेपछि उनी बैशाख २३ गते अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था झनझन बिग्रँदै गएपछि उनलाई आइसियु र भेन्टिलेटरमा राख्दा समेत बचाउन नसकिएको सोहि शाखाका अधिकृत एवं कर्मचारी नेता छत्र कार्कीले बताए ।
धनगढी स्थाई घर भएका भट्टराई हाल ललितपुर बस्दै आएका थिए ।