पत्रकार महासङ्घका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा

पत्रकार महासङ्घका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा

२०७८, जेठ १३ बिहिवार

  • 1.1K
    SHARES

  • पत्रकार महासङ्घका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटनामा

    दाङ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढ्नु भएको प्रदेश नं.३ ०१००२ च ९२२६ नम्बरको कार दुर्घटनामा परेको छ ।

    अध्यक्ष पोखरेल चढेको गाडी आज साँझ तुलसीपुरस्थित जेसिज चोक नजिक दुर्घटनामा परेको हो । 

    गाडीमा अध्यक्ष पोखरेलसहित महासङ्घ जिल्ला अध्यक्ष दुर्गालाल केसी, सल्लाहकार सुदिप गौतम र उपाध्यक्ष सन्तोष सुवेदी थिए ।

    गौतमको टाउकोमा चोट लागेको र अरुलाई खासै केही नभएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

    अहिले गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

    रा १ च ९५५ नम्बरको स्कारपिओले पोखरेल सवार गाडीलाई ठक्कर दिएको हो ।  

    ठक्कर दिने गाडीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लगिसकेको छ । कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । 

    २०७८, जेठ १३ बिहिवार०७:१९:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार