कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

२०७८, जेठ १३ बिहिवार

  • 1.7K
    SHARES

  • कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

    धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारस्रोतले जनायो । 

    उनलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो, समस्या बढ्दै गए पछि अस्पताल भर्ना गरिएको तर कडा निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको हिजो राति ११ बजे निधन भएको हो । 

    उनले २०७४ सालदेखि २०७६ कार्तिक सम्म सुदूरपश्चिम प्रदेश प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । 

    २०७८, जेठ १३ बिहिवार०८:३९:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार