रुपन्देहीमा हप्तादिनभित्र कोरोनाबाट एकाघरका तीनको मृत्यु

रुपन्देहीमा हप्तादिनभित्र कोरोनाबाट एकाघरका तीनको मृत्यु

२०७८, जेठ १४ शुक्रवार

  • 1.9K
    SHARES

  • रुपन्देहीमा हप्तादिनभित्र कोरोनाबाट एकाघरका तीनको मृत्यु

    रुपन्देही । कोरोना भाइरस सङ्क्रमणबाट एकाघरका तीन जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो ।

    एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिए ।

    उनका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो ।

    घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए ।

    २०७८, जेठ १४ शुक्रवार०७:०९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार