बेलायतका प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह

बेलायतका प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह

२०७८, जेठ १६ आइतवार

  • 1.3K
    SHARES

  • बेलायतका प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह

    लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सोनले शनिबार निजी कार्यक्रमबीच विवाह गरेका छन् ।  

    बेलायती अखबार सनले शनिबार प्रकाशित गरेको समाचार अनुसार उनले प्रेमिका क्यारी साइमन्ड्ससँग विवाह गरेका हुन् । 
    उनीहरु लामो समयदेखि प्रेममा रहेकाले अहिले विवाह बन्धनमा बाँधिएको जनाइएको छ ।

    उनीहरुले वेस्टमिनिष्टर गिर्जाघरमा अति थोरै व्यक्तिलाई आमन्त्रण गरी विवाह गरेका हुन् । वैवाहिक कार्यक्रममा ३० जना मात्रै सहभागी थिए । 

    बेलायतमा कोरोनाभाइरसको महामारीका कारण यस्ता समारोहमा बढीमा ३० जना मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।   
    जोन्सन र साइमन्ड्सबाट यसअघि नै सन् २०२० को अप्रिल २९ मा एक सन्तान जन्मिसकेका छन् ।  बाबुआमाको विवाह समारोहमा छोरा विल्फ्रेडलाई पनि सहभागी गराइएको थियो । 

    उनीहरुको गत सन् २०१९ देखि नै प्रेम चलिरहेको समाचार यसअघि पनि प्रकाशित भएको थियो ।  

    प्रधानमन्त्री जोन्सन अहिले ५६ बर्षको भएका छन् भने उनकी नयाँ श्रीमती ३३ वर्षकी भएको जनाइएको छ । जोन्सनको यो तेस्रो विवाह हो भने साइमन्ड्सको पहिलो ।-एजेन्सी

    २०७८, जेठ १६ आइतवार०३:२३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार