बजेट अधिवेशन शुरु, प्रदेशसभाको अर्को बैठक आज अपराह्न १ बजे बस्दै

बजेट अधिवेशन शुरु, प्रदेशसभाको अर्को बैठक आज अपराह्न १ बजे बस्दै

२०७८, जेठ १७ सोमवार

  • 1.8K
    SHARES

  • बजेट अधिवेशन शुरु,  प्रदेशसभाको अर्को बैठक आज अपराह्न १ बजे बस्दै

    गण्डकी । गण्डकी प्रदेश सभाको आठौंँ अधिवेशन(बजेट अधिवेशन) हिजो देखी शुरु भएको छ । अधिवेशनअन्तर्गत पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट सदस्यले समसामयिक राजनीति, केन्द्र सरकारले घोषणा गरेको बजेटलगायतमा आआफ्ना धारणा राखे ।

    जनता समाजवादी पार्टी नेपालका हरिशरण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिका लागि भएका सबै किसिमका आन्दोलनका जगमा प्राप्त उपलब्धिलाई जोगाउनुपर्ने आवश्यकतामा जोड दिए । राष्ट्रिय जनमोर्चाका पियारी थापाले राजनीतिक विकृतिको महासंकटको भुमरीमा देश परेको बताए ।

    नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमानले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै संकट बढ्दै गएका अवस्थामा प्राप्त उपलब्धिको रक्षाका लागि आफूहरू एउटा कित्तामा उभिएको बताए । नेपाली काग्रेसका कृष्णचन्द्र नेपालीले दलहरू संवैधानिक र राजनीतिक दुवै मोर्चामा असंवैधानिक कदमका विरुद्ध लड्ने बताए ।

    भौतिक पूर्वाधार तथा शहरी विकास तथा यातायात व्यवस्थामन्त्री रामशरण बस्नेतले राजनीतिक स्थिरताका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । प्रदेशसभाको अर्को बैठक आज अपराह्न १ बजे बस्नेछ ।

    २०७८, जेठ १७ सोमवार०८:०३:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार