लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

२०७८, जेठ १७ सोमवार

  • 2.2K
    SHARES

  • लुम्बिनी प्रदेशसभा उपनिर्वाचनमा मतदान शुरु

    देउखुरी । लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान शुरु भएको छ । उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोख्रेलले पहिलो मतदान गरेर शुरुवात भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको छ ।

    मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मत परिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिए । 

    बिहान १० बजेसम्म खसेको मतमा स्थानीय तह प्रमुख उपप्रमुखतर्फ महिला ३५ पुरुष ३६ गरी जम्मा ७१ जनाको  मत खसेको छ भने प्रदेशसभा सदस्यमा महिला २१ र पुरुष २७ गरी ४८ जनाको मत खसेको छ र कोभिड केन्द्रमा तीनजनाको मत खसेको छ ।

    जम्मा १२२ जनाको मत खसेको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।  

    २०७८, जेठ १७ सोमवार१२:१७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार