कोरोनाका कारण उच्चअदालत पाटनबार सदस्य राईको निधन 

कोरोनाका कारण उच्चअदालत पाटनबार सदस्य राईको निधन 

२०७८, जेठ १७ सोमवार

  • 1.5K
    SHARES

  • कोरोनाका कारण उच्चअदालत पाटनबार सदस्य राईको निधन 

    काठमाडौं । कोरोना भाईरसको संक्रमणका कारण उच्च अदालत पाटन बारका सदस्य भाईराजा राईको निधन भएको छ ।

    उनको सोमवार काठमाडौं स्थित शसस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनमा १५ दिन अगाडी कोरोना संक्रमण देखिएको थियो ।

    होम आईसोलेसनमा बस्दा स्वास्थ्य अवस्थामा सुधार नभए पछि अस्पताल भर्ना भएका अधिवक्ता राईमा कडा निमोनिया देखिएको थियो । तत्पश्चात आईसियु र भेन्टिलेटरमा उपचार प्रक्रिया अगाडि बढाईए पनि उपचार हुन सकेन, परिवार स्रोतले बतायो ।

    झापा जुरोपानी (गौरादह-८) स्थायी घर भएका राई हाल काठमाडौंको धुम्बाराहीमा बस्दै आएका थिए ।

    उनी परिवारमा माहिलो सन्तानका रुपमा रहेका थिए । उनका जेठो दाजुको समेत गएको राती कोरोना संक्रमणकै कारण भारतमा निधन भएको थियो ।  

    ४६ वर्षीय भाईराजाको परिवारमा ८६ वर्षीय आमा, श्रीमती, १४ र ४ वर्षका २ छोरी छन् ।


    २०७८, जेठ १७ सोमवार०३:१७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार