बजेटमा पर्यटन : पोखराका व्यवसायी उत्साहित

बजेटमा पर्यटन : पोखराका व्यवसायी उत्साहित

२०७८, जेठ १८ मंगलवार

  • 1.3K
    SHARES

  • बजेटमा पर्यटन : पोखराका व्यवसायी उत्साहित

    पोखरा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटले पर्यटन क्षेत्रका अधिकांश पक्ष समेटेको र  यसको कार्यान्वयन भए मात्र सार्थक हुने प्रतिक्रिया दिएका छन् । 

    गोपीबहादुर भट्टराई, अध्यक्ष, पोखरा पर्यटन परिषद्ः

    आर्थिक वर्ष २०७८/७९ का आएको बजेटले समग्र रुपमा पर्यटन क्षेत्रलाई सम्बोधन गरेको छ । पर्यटन क्षेत्रको व्यवसाय बचाउनका लागि पुनरुत्थानका कार्यक्रम आएको भने हामीले भने झै पुनःकर्जाको व्यवस्थालाई निरन्तरता दिइएको छ ।

    कोरोना महामारीले सुस्ताएको पर्यटनलाई चलायमान गराउन  आन्तरिक पर्यटन प्रवद्र्धनका लागि १० दिनसम्म कर्मचारी बिदा दिने व्यवस्था सकारात्मक छ  । पोखरामा मात्र नभई देशका विभिन्न जिल्लाका विकट स्थानको पर्यटन प्रवद्र्धनका गतिविधिलाई समेत जोड दिइएको छ भने धार्मिक पर्यटन, साहसिक खेलकुदका गतिविधिलाई पनि सम्बोधन गरेको छ ।

    पर्यटकका लागि एक महिना भिसा फ्रि, पोखराको फेवातालमा साइकल ट्रयाकदेखि बेगनास समेतलाई समेटेको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत पर्यटन पूर्वाधारको कुरालाई पनि स्थान दिइएको छ । 

    बजेट समग्रमा स्वागत योग्य र सकारात्मक भए पनि यसको कार्यान्वयको अवस्था कस्तो हुन्छ भन्नेमा आशंका छ । यस अघिका मौद्रिक नीतिदेखि व्यवसायिक जीवनरक्षा कोष जुन व्यवसायीका लागि भनेर ल्याइए पनि कार्यान्वयको प्रक्रिया निकै झण्झटिलो हुँदा व्यवसायी लाभान्वित हुन सकेनन् । अहिलेकने अवस्थामा पनि बजेट राम्रो छ तर कार्यन्वयन भए मात्र यसले सार्थकता पाउनेछ ।  समग्रमा पर्यटन क्षेत्रले अहिलेको बजेटलाई स्वागत गरेको छ ।

     

    २०७८, जेठ १८ मंगलवार०६:४२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार