कोरोना भाइरसका कारण अर्थशास्त्री तथा एमाले नेता डा.थापाको निधन 

कोरोना भाइरसका कारण अर्थशास्त्री तथा एमाले नेता डा.थापाको निधन 

२०७८, जेठ १८ मंगलवार

  • 2.2K
    SHARES

  • कोरोना भाइरसका कारण अर्थशास्त्री तथा एमाले नेता डा.थापाको निधन 

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण अर्थशास्त्री तथा एमाले नेता डा.गोबिन्द बहादुर थापाको निधन भएको छ । 

    नेकपा एमाले अर्थ, योजना तथा अनुसन्धान विभाग सचिव समेत रहेका डा.थापाको मंगलवार (आज) बिहान ५ः३० बजे गंगालाल अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । 

    डा.थापा दम्पतिमा नै तिन हप्ता अगाडि कोरोना पुष्टि भएको थियो । केहि दिनको होम आइसोलेसन पश्चात थापा सिटी अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।

    स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गंगालाल अस्पतालमा भर्ना गरेर सघन कक्षमा भेन्टिलेटर सहितको उपचार प्रक्रिया अगाडि बढाईए पनि निको पार्न सकिएन परिवार स्रोतले बतायो । 

    उनकी श्रीमती भने कोरोना संक्रमणमुक्त भएर घर फर्किसकेकी छन् । ६४ वर्षीय डा.थापाका १ छोरा र १ छोरी छन् । 

    २०७८, जेठ १८ मंगलवार१०:०८:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार