काठमाडौं । कोरोना भाइरसका कारण विवेकशील साझा पार्टीका पुर्व अध्यक्ष उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।
उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ः३० बजे निधन भएको हो ।
उनी कोभिडका कारण दुई हप्ता अगाडि हेम्स अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल हुँदै मेडिसिटी ल्याएर इक्मो प्राविधिबाट उपचार गरिएको थियो ।
उनमा अन्तिम पटक गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ ।
उनी युवापुस्तालाई राजनीतिमा सहभागी गराउन प्रयत्नरत थिए ।
सादगी जिवनका धनि थापाले राजनीतिबाट कुनै लाभ लिने मोह नदेखाई धर्तीबाट बिदा भए ।