केही दिनभित्रै संसदीय बैठक शुरु – मुख्यमन्त्री राई

केही दिनभित्रै संसदीय बैठक शुरु – मुख्यमन्त्री राई

२०७८, जेठ १९ बुधवार

  • 997
    SHARES

  • केही दिनभित्रै संसदीय बैठक शुरु – मुख्यमन्त्री राई

    बिराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलवार छलफल गरेका छन् ।

    आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरुसँग परामर्श गरेका हुन् ।  

    छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्र्टी संसदीय दलका नेता जयराम यादवसँग छलफल गर्नुभएको मुख्यमन्त्री राइको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

    छलफलका क्रममा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए । बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

    सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नर्गनसमेत उनले विपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए । 

    २०७८, जेठ १९ बुधवार०७:०१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार