लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग, उपचारका लागि प्रदेश सरकारले रु दुई लाख दिने

लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग, उपचारका लागि प्रदेश सरकारले रु दुई लाख दिने

२०७८, जेठ १९ बुधवार

  • 1.2K
    SHARES

  • लक्ष्मीलाई जलाउन खोज्नेलाई कारबाहीको माग, उपचारका लागि प्रदेश सरकारले रु दुई लाख दिने

    काठमाडौँ । डोटीको आदर्श गाउँपालिका–४ मा मट्टीतेल खन्याएर आगो लगाइँदा घाइते भएकी लक्ष्मी भाटको स्वास्थ्यस्थिति र दोषीलाई कारबाहीबारे राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले  चासो दिएकी छन् ।

    अध्यक्ष पराजुलीले आज भाट उपचारत कीर्र्तिपुरस्थित वर्न अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । 
    गत साता रोडिङ्गे गाउँस्थित घरमै भएको घटनामा घाइते २८ वर्षीया भाट र उनकी छोेरीको हाल उपचार भइरहेको छ ।

    उनलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा मङ्गलबाट हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको हो ।  

    आयोगका अध्यक्ष पराुजलीसँगको भेटमा पीडित भाटले आफू र  नाबालक छोरीलाई आगो लगाई ज्यान मार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गरेकी छन् । पति सन्तोष हाल फरार छन् । 

    आयोगका  अध्यक्ष पराजुलीले सो सम्बन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग कुुरा गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन यसअघि नै आग्रह गरिसकेकी छन् ।

    उनले यस घटनाले महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था देखाएको भन्दै पीडकले हदैसम्मको सजाय पाउनुपर्नेमा जोड दिइन् ।

    आयोगले निषेधाज्ञामा घरमा रहेका महिला÷किशोरीको मानसिक स्वास्थ्य अवस्थाको सुरक्षाको उद्देश्यले मनोपरामर्श जारी राखेको छ । हेल्पलाइनबाट २४  घण्टै उजुरी लिने र कानुनी सहयोग समेत सञ्चालन गरिरहेको छ । 

    उपचारका लागि रु २ लाख सहयोग

    उपचारत लक्ष्मीको उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु दुई लाख उपचार सहयोग गर्ने भएको छ ।

    आज प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते भाटको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् । 

    सङ्घीय सरकारले पनि घाइते लक्ष्मीको सम्पूर्ण उपचार निःशुल्क गर्ने जनाएको छ । उनको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए ।

    २०७८, जेठ १९ बुधवार०५:४९:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार